भारतीय राष्ट्रपति मुर्मुको आँखामा मोतियाबिन्दु

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल (रेफरल एन्ड रिसर्च) मा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्जसमेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो।

राष्ट्रपति मुर्मु  शुक्रबारसम्म असमको दुईदिने भ्रमणमा थिइन्। भ्रमणका क्रममा उनले गुवाहाटिस्थित शक्तिपीठ कामाख्या मन्दिरको दर्शन गरेकी थिइन्। 

सुझावित समाचार