१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी अवस्थामा गर्नुस्  हेयर स्याम्पु परिवर्तन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४३:oo

विनय अधिकारी, हेयर डिजाइनर
निल डेभिड सैलुन केएल टावर, चाबहिल 

फरक–फरक स्याम्पु प्रयोग गर्दा कपालमा समस्या देखिन सक्छ भन्ने अधिकांशलाई लाग्छ । तर, कतिपय अवस्थामा तपाईंले प्रयोग गरिरहेको स्याम्पुले कपालमा उल्टै समस्या निम्त्याउने पनि हुन सक्छ । यस्तो अवस्थामा नयाँ ब्रान्डको स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । 

- तपाईंको कपाल ड्राई बन्दै गयो भने प्रयोग गरिरहेको स्याम्पु बदल्नुपर्छ । 

- तपाईंको कपाल झर्न थाल्यो भने र रोकिने छाँटकाँट देखिएन भने त्यस्तो अवस्थामा तुरुन्तै स्याम्पु बदल्नैपर्छ । शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ र हेयर ट्रिम गर्दा पनि कपाल झर्न रोकिएन भने स्याम्पु फेर्नेबारे सोच्नुपर्ने हुन्छ । यति गर्दा पनि भएन भने तपाईंले स्याम्पु परिवर्तनबारे विशेषज्ञसँग सल्लाह लिनुपर्छ । 

- तपाईंले कपाल कलरिङ गर्नुभयो वा कपालमा कुनै पनि केमिकल ट्रिटमेन्ट गर्नुभयो भने पनि प्रयोग गरिरहेको स्याम्पु बदल्नुपर्छ । यो अवस्थामा पुरानै स्याम्पुले कपाल राम्रो हुँदैन । कपाललाई स्विटेबल हुने प्रडक्टको स्याम्पु प्रयोग गर्नुपर्ने हुन्छ । 

- कपालको प्रकृति हेरेर जाडो वा गर्मी मौसममा फरक–फरक स्याम्पु प्रयोग गर्नुपर्छ । जाडोमा मोस्चर बढी भएको र गर्मीमा मोस्चर कम भएको प्रयोग गर्दा उत्तम हुन्छ । 

ad
ad