१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अर्को हप्तासम्म मौसम बदली रहने प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४१:oo

जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानुमान गरेको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गएका हुन्।  

बुधबार मौसमविद् रेग्मीले विभागले मौसमी सिस्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए । रेग्मीका अनुसार मौसमी वर्षात् सकिए पनि ठूलै धनमालको जोखिम हुने अवस्था अझै केही दिन रहनेछ। 

‘अहिले तत्कालै आजभोलिनै मौसम बाहिरिने सम्भावना छैन। तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अब हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाहिँ मौसमी सिस्टमलाई निरन्तर अनुगमन गरिराखेका छौँ,’ उनले भने, ‘बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौँ उचित समयमा ।’

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे हिउँदयाम सुरु हुनुअघि नै जानकारी दिने पनि जनाएको छ। 

ad
ad