Skip This
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o७९ असोज २५ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १६:३१:oo

गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसका अवसरमा संघद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुईपटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए। मन्त्री खाणले सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरून् भन्ने उद्देश्यले सरकारले विधेयक ल्याएको स्पष्ट पारे।

सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे।