मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Sunday, 13 July, 2025
प्रतिकात्मक तस्बिर
२o७९ असोज २४ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चाङ्ला हिमालमा सात पर्यटक अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १४:१८:oo

हुम्लाको सिमकोट गाउँपालिकास्थित चाङ्ला हिमालमा सात पर्यटक अलपत्र परेका छन्। हिमपातका कारण पाँच बेलायती र दुई नेपाली पर्यटक अलपत्र परेका हुन्।

उनीहरू एक साताअघि चाङ्ला हिमाल आरोहणका लागि गएका थिए। उनीहरूको उद्धारका लागि माउन्टेन हेलिकाेप्टरबाट उद्धार गर्न लागिएको फ्लाइट अफिसर आकृति प्रधानले जानकारी दिइन्।

गृह मन्त्रालयबाट परिपत्र आइसकेपछि हेलिकाेप्टर लैजाने अनुमति दिइने हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।