मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७९ असोज २२ शनिबार २०:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा एमाले-राप्रपा तालमेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७९ असोज २२ शनिबार २०:३१:००

कञ्चनपुरमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पाँच बुँदे सहमतिपत्रमा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपा अध्यक्ष गजेन्द्र चन्दले हस्ताक्षर गरेका छन्। 

चुनावी तालमेलका लागि आयोजित कार्यक्रममा एमालेका तर्फबाट पोलिटब्यूरो सदस्य राजेन्द्र रावल र निरूदेवी पाल, केन्द्रीय लेखा आयोग सदस्य इश्वरीप्रसाद खरेल र राप्रपाका तर्फबाट केन्द्रीय सदस्य हिक्मतसिंह भण्डारी, तिर्थराज चटौत, प्रदेश अध्यक्ष धर्मराज जोशी, उपाध्यक्ष हिरासिंह बोहराको उपस्थिति थियो।