
नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र ६ नेपालीलाई उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार इजरायली नागरिक ओरी ओरअफ र यरिभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको हो । उद्धार गरिएका आठैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।