नवलपुरको पांग्रेमा पहिरोले जिप पुर्‍याे, सडक अवरुद्ध

बुधबार, १९ असोज, २०७९
डिजिटल संस्करण

नवलपुरकाे पहाडी सडकखण्डमा पहिरोले जिप पुरेकाे छ। जिप पुरिँदा नवलपुरकाे पहाडी सडकखण्ड अवरुद्ध भएको छ। मानवीय क्षति नभएको नवलपुर प्रहरीले जनाएको छ।

जिल्लाको पहाडी क्षेत्र राईकोटबाट दफदले आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज ००६ नम्बरको जिप हुप्सेकोट र देवचुलीको सिमाना क्षेत्र पांग्रे (सिमलगैरा) मा माथिबाट आएको पहिरोले पुरिएको लेकबेँसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिए

पहिरो आउन नरोकिएका कारण तुरुन्तै बाटो सञ्चालनमा आउने सम्भावना नरहेको बस्यालले जानकारी दिए। 

See More On

सुझावित समाचार