मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १७ सोमबार २२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन बैठकमा यादवको चेतावनी, नेपाल पनि असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १७ सोमबार २२:३८:००

गठबन्धन बनाएर आगामी निर्वाचनमा उम्मेदवारी दिने सहमतिमा पुगेका सत्ता साझेदार दलहरुले आज पनि सिट बाँडफाँड टुंग्याउन सकेनन् । आज पनि कुरा नमिलेपछि उनीहरु भोलि बिहान ८ बजे पुनः बैठक बस्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बिहानदेखि चलेको छलफलमा पनि नेताहरु सहमतिमा पुग्न सकेनन् । बैठकमा सहभागी एक नेताका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई थोरै सिटमा सीमित गर्न लागिएको भए त्यो स्वीकार्य नहुने स्पष्ट अडान राख्दै त्यस्तो अवस्थामा गठबन्धनबाट बाहिरिने चेतावनी दिए । 

वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि थोरै सिट दिन लागिएको भन्दै असन्तुष्टि जनाएका थिए । 

नेताहरुले धेरैजसो जिल्लामा सिट बाँडफाँडमा मोटामोटी सहमति जुटि सके पनि बाँकी रहेका जिल्लामा सबैले आआफ्ना अडान नत्यागेको बताए । अडान कायमै रहँदा बैठकले सहमतिको मिलनबिन्दू पहिल्याउन नसकेको बताइएको छ ।

प्रतिनिधिसभाका सिटमा मात्र नभएर प्रदेश सभाका धेरै सिटमा दलहरुबीच सहमति जुट्न बाँकी छ । कतिपय ठाउँमा कांग्रेस र माओवादीले दावी छाडेका छैनन् भने कतिपयमा एस र जसपा पनि पछि हटेका छैनन् ।