मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धीरज मगर, कलाकार
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०९:२५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सेलरोटी मन पर्छ : धीरज मगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०९:२५:००

म युकेमा हुर्किएको हुँ । युकेमा हुर्के–पढे पनि मलाई नेपाली समाज र संस्कृति मन पर्छ । मलाई नेपाली चाडपर्व मनाउने शैली मन पर्छ । मलाई दसैँ–तिहारजस्ता चाडपर्व मन पर्छ । युकेमै पनि नेपाली शैलीमा दसैँमा मनाइन्छ । मगर समुदायको भएकाले हामी दसैँमा सेतो टीका लगाउँछौँ । मिठो खाने र परिवार भेटघाट गर्ने अवसर हो, दसैँ । 

मलाई आमाले दसैँमा सेलरोटी पकाएर दिनुहुन्छ । अरू वेला सेलरोटी नपाक्ने होइन, तर दसैँमा चाहिँ विशेष लाग्छ । अहिले पनि बाल्यकालजस्तै दसैँको समयमा उत्साहित हुन्छु । परिवारसँग बसेर रमाइलो गर्ने माहोल बन्छ । नेपाली भएकाले जहाँ गए पनि आफ्नो संस्कृतिबाट टाढा हुन नसकिने रहेछ । 

मेरो यो वर्षको दसैँ नेपालमै बित्नेछ । अघिल्ला दुईवटा दसैँ पनि नेपालमै मनाएको थिएँ । तर, यसपटकको दसैँ मेरा लागि विशेष छ । मैले अभिनय गरेको फिल्म ‘बाबरी’ शुक्रबारबाट प्रदर्शनबाट आएको छ ।  फिल्म हेर्न र दसैँ मनाउनका लागि युकेबाट मेरो परिवार नै नेपाल आएको छ । परिवार नै नेपालमा बसेर दसैँ मनाउनु हाम्रा लागि विशेष क्षण हो ।