मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १४ शुक्रबार ०७:५६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ असोज १४ शुक्रबार ०७:५६:००

चाडबाड नजिकिँदै गरेको समयमा बजारको अवस्था कस्तो पाउनुभएको छ ?
दसैँ, तिहार र छठजस्ता ठूला चाड आँगनमै आइसकेका छन् । यतिखेर बजारमा उपभोक्ताको भिड लागेको छ । बजारमा बढ्दो भिडसँगै वस्तु र सेवाको अस्वाभाविक मूल्य बढेको छ । बजारमा पसल तथा व्यापारिक संस्था दर्ता नभएका, बिल, बिजक जारी नभएका गुनासाहरू आइरहेका छन् । सरकारी निकायबाट प्रभावकारी अनुगमन पनि भएको छैन । 

सहुलियत पसलमा समेत म्याद गुज्रेका, लेबलिङ नगरिएका सामग्री बिक्री भइरहेको समाचार आइरहेको छ नि ?

हो, हामीले महानगरसँगको अनुगमनमा यस्तो भेटेका थियौँ । सरकार उपभोक्ता अधिकारप्रति गम्भीर नहुनुको परिणाम हो यो । सरकारले उपभोक्तामाथि खेलबाड गरिरहेको छ र ऊ उपभोक्तामाथि बजारबाट भइरहेको शोषणप्रति मूकदर्शक बनिरहेको छ । 

राजधानीबाट बाहिरिने यात्रुको चाप निकै बढेको छ । सवारीसाधनहरूको अवस्था कस्तो पाउनुभएको छ ?
यतिखेर राजधानी या अन्य सहरबजारबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ । तर, सवारीसाधनको संख्या भने यात्रुको चापको तुलनामा अत्यन्त न्यून छ । बर्खाले बिगारेका सडकको अवस्था दुःखदायी छ । बसपार्कबाट छुटेका यात्रुले सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न धेरै सास्ती झेल्नुपर्ने अवस्था छ । टिकटको मूल्यमा पनि यात्रुहरू ठगिइरहेका गुनासा आइरहेका छन् । तर, सरकारले यता पनि प्रभावकारी अनुगमन गर्न सकिरहेको छैन ।