१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२१:oo

राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दै आइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने इन्क्युवेसन कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन् । 

अर्धवार्षिक रूपमा सञ्चालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसिप, विज्ञसँगको साक्षात्कार र अन्तक्र्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पुर्‍याउँदै आइरहेको कलेजले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यावसायिक स्वरूप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रवद्र्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए । 

‘उद्यमशीलता प्रवद्र्धनका लागि हामीले विभिन्न नगरपालिकालगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौँ,’ हस्ताक्षरपश्चात् बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने,  ‘किंग्स कलेजजस्तो उद्यमशीलता केन्द्रित प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ ।’श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रममा विज्ञहरू, आर्थिक साझेदार तथा उत्कृष्ट तीन सहभागीलाई बैंकको प्रक्रिया र नियमानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउनेछ । 

‘कलेजले कार्यक्रमको योजना, आयोजना तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीसँगै आर्थिक साझेदारी र विज्ञहरू पनि उपलब्ध गराउनेछ,’ अर्यालले जानकारी दिए ।
 

ad
ad