१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

केन्द्रीय खेलकुद प्रतिष्ठानमा क्रिकेट रंगशाला र स्विमिङ पुलको शिलान्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:४८:oo

हेटौँडामा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला)परिसरमा बन्ने अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको शनिबार शिलान्यास गरिएको छ। 

रंगशालाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका हुन्। क्रिकेट रंगशालासँगै स्विमिङ पुलको पनि शिलान्यास गरिएको छ।

२८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास भएको हेटौँडा उपमहानगरपालिका– ६ गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान परिसरमा बन्ने क्रिकेट रंगशालाको शनिबार मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गरेका हुन्।

गौरीटारस्थित केन्द्रीय प्रतिष्ठानमा १९ वटा विभिन्न खेलकुद सम्बन्धित संरचना निर्माण गरिने योजना छ। जसमध्ये फुटबल मैदान निर्माणको कार्य चलिरहेको र क्रिकेट रंगशाला एवं स्विमिङ पुल चाँडै निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए। 

बागमती प्रदेश सामाजिक विकाश मन्त्रालयअन्तर्गत रहेको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले २१ करोडको लगानीमा गौरीटार अन्तर्राष्ट्रिय रंगशालापरिसरमा क्रिकेट रंगशाला एवं स्विमिङ पुलको निर्माण गर्न लागेको हो। क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि नाै करोड बजेट विनियोजन गरिएको सदस्यसचिव भण्डारीले बताए।

२३ बिघा क्षेत्रफलमा निर्माण हुने क्रिकेट रंगशालाको निर्माणका लागि करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसअन्तर्गत पहिलो चरणमा २१ करोड बजेट विनियोजन भएको सदस्यसचिव भण्डारीको भनाइ छ।

प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने क्रिकेट रंगशालाको निर्माण कार्य गत साउनबाटै सुरु गर्ने भनिए पनि विभिन्न प्राविधिक कारणले ढिलाइ भएको उनले बताए।

सदस्यसचिव भण्डारीका अनुसार रंगशालामा २५ हजार दर्शकक्षमताको चारवटा प्यारापिट बन्नेछ भने मैदानमा तीनवटा पिच, भिभिआइपी कक्ष, भिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना बन्ने छन्।

गौरीटार रंगशालाभित्र क्रिकेट रंगशालासँगै स्विमिङ पुल, फुटबल स्टेडियम,  एथलेटिक्स, कभर्ड हललगायतका संरचना निर्माण हुनेछन्।

ad
ad