१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२२ लाख खर्चेर लमजुङको तातोपानी कुण्डको स्तरोन्नति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:२३:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको- ४ जगतमा रहेको तातोपानी कुण्डको स्तरोन्नति गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उक्त कुण्डको पानीमा औषधीय गुण रहेको पाइएकाले यस कुण्डलाई थप व्यवस्थित बनाइएको बताए । संघ सरकारको ६ लाख, गाउँपालिकाको १४ लाख र स्थानीय जनश्रमदान दुई लाख गरी कुल २२ लाखमा कुण्डको व्यवस्थापन गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

जगत बजारबाट मुन्तिर पाँच मिनेटको दूरीमा मर्स्याङ्दी नदीको किनारमा रहेको तातोपानी कुण्डमा गएर डुबुल्की लगाउनेहरूको जाडो महिनामा भिड लाग्ने गर्छ । उक्त तातोपानी कुण्डमा नुहाउँदा छालासम्बन्धी, बाथ तथा हाडजोर्नीका रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ । 

‘पानी तातो र धमिलो मेडिकेटर (औषधीय गुण) खालको रहेछ, ठाउँ पनि उपयुक्त छ,’ मर्स्याङ्दी गाउँपालिका- ४ का वडाध्यक्ष बलबहादुर गुरुङ भन्छन्, ‘हामी त्यस ठाउँमा पिकनिक स्पट र पार्कसहितको व्यवस्थित तातोपानी कुण्ड निर्माण गर्ने योजनामा छौँ ।’

जगत बजारमुन्तिर मर्स्याङ्दी नदीकिनारमा यसअघि गाउँपालिकाकै लगानीमा बनाइएको अर्को तातोपानीको कुण्ड बाढीले बगाएपछि त्यहाँभन्दा केही तलतिर अर्को कुण्ड बनाइएको हो । यसअघि अर्खलेबेँसीनजिकै मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडामा पर्ने मर्स्याङ्दी नदीको किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाउँदा नामनिसान छैन । 

चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको समेत गन्तव्य बनेको तातोपानी कुण्डमा पानीको तापक्रम मुहानमा ५८ डिग्री सेल्सियस र पोखरीमा ५२ डिग्री सिल्सियस रहेको छ। 

यसअघि दुईवटा मात्र पोखरी रहेको तातोपानीमा अहिले थप पाँचवटा पोखरी निर्माण गरिएको छ। गाउँपालिकाले तातोपानी कुण्डलाई पिकनिक स्पट र पार्कसहितको व्यवस्थित तातोपानी कुण्ड निर्माण गर्ने योजना रहेको बताएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने जगतस्थित तातोपानी कुण्ड लमजुङ सदरमुकाम बेँसीसहरबाट २५ किलोमिटर उत्तरतर्फ पर्छ । 

ad
ad