१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दसैँको टीकाको साइत ११ः५१ बजे, कुन देशमा कति बजे उत्तम ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:o८:oo

यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो।
 
नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे बिहीबार साइत र समय निकालेको छ। नेपालमा भने असोज १९ गते ११ः५१ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

कुन देशमा कति बजे लगाउने टीका ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सदस्यसचिव लक्ष्मण पन्थीका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११ः११ बजे, केन्टुकी ११ः५५ बजे, टेक्सास ११ः३५ बजे र क्यालिफोर्निया ११ः४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११ः३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।

 

ad
ad