१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज ३ सोमबार ०७:४२:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ असोज ३ सोमबार ०७:४२:००

चाडबाडको मुखमा बजारभाउको अवस्था  कस्तो पाउनुभएको छ ?
महँगीले आकाश छोएको छ । सामान्य उपभोक्ताको आयले बजारमूल्य थेग्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको निहुँमा सरकारले आयल निगमलाई मूल्य बढाउन छुट दियो । तर, अहिले ३७–३८ रुपैयाँ घटिसक्दा पनि घाटा पूर्तिका नाममा मूल्य घटाउन आनाकानी गरिरहेको छ । इन्धनको यही मूल्यलाई देखाएर यतिखेर बजारमा हरेक वस्तुको मूल्यवृद्धि भएको छ । 

सरकार आफूले बजार अनुगमन गरिरहेको दाबी गर्छ । उसले कस्तो अनुगमन गरिरहेको छ त ?
सरकारले अनुगमनका नाममा करोडौँ भत्ता सिध्याउने काम गरिरहेको छ । तर, त्यसको ‘आउटपुट’चाहिँ शून्यबराबर नै छ । अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमन उपभोक्ताको पक्षमा भन्दा पनि व्यापारीको पक्षमा भइरहेजस्तो देखिन्छ । त्यसैले सरकारले गरिरहेको अनुगमन कर्मकाण्डीजस्तो मात्र देखिएको छ । 

उपभोक्ता अधिकारकर्मीका नाताले तपाईंहरूचाहिँ  के गर्दै हुनुहुन्छ नि ?
हामी आफ्नै ढंगले अनुगमन गरिरहेका छौँ । हामीले बजारमूल्यको सर्वेक्षण पनि गरेका छौँ । हामीले दिएको सुझाव सरकारले सुनेको छैन । सरकारी अनुगमनमा मिडिया र उपभोक्ता अधिकारकर्मी पनि हुनुपर्छ । तर, अहिले विभागले गरिरहेको अनुगमन पारदर्शी पनि छैन ‘आउटपुट’ पनि छैन ।