१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज १ शनिबार ११:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१६ वर्षमै स्कुल छाडेका फेडेरर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज १ शनिबार ११:१२:००

स्कुल छाडेर प्रतिवर्ष ३० हजार स्विस खर्चंदै फेडेररले टेनिसलाई पहिलो लक्ष्य बनाए । दुई वर्षभित्र उनी जुनियरतर्फका विश्व च्याम्पियन बने ।

लगातार तीन वर्ष चोटका कारण कोर्टमा फर्कन नसकेका रोजर फेडेररले बिहीबार सबै समर्थकलाई स्तब्ध पार्दै सन्न्यासको घोषणा गरे । फेडेररले २३–२५ सेप्टेम्बरसम्म चल्ने लेभर कप टेनिस प्रतियोगिता नै व्यावसायिक टेनिस खेलको आफ्नो अन्तिम प्रतियोगिता हुने घोषणा गरिसकेका छन् । फेडेररको सन्न्यास घोषणासँगै ‘टेनिस विग ३’मा अब दुईजना मात्र खेलाडी छन् । 

स्पेनिस खेलाडी राफेल नाडाल र नोभाक जोकोभिक मात्र सक्रिय टेनिसमा छन् । आधुनिक टेनिसमा फेडेरर, जोकोभिक र नाडाललाई बिग ३ मान्छन् । पछिल्लो दशकमा सबैजसो प्रतियोगिता र ग्रान्डस्लामको फाइनलमा यी तीनमध्ये एक खेलाडीले मात्र जित्थे । अपवादका रूपमा खेलाडीले थोरै फाइनल जिते । 

फेडेरर उत्कृष्ट फर्ममा रहँदा उनलाई हराउन कसैले सकेका थिएनन् । सन् २००३ देखि २००९ सम्म फेडेररले ग्रान्डस्लाम इतिहासमा एकछत्र राज गरेका थिए । विम्बल्डन, अस्ट्रेलियन तथा युएस ओपनमा उनको दबदबा थियो । टेनिसकाकै महान् खेलाडीको सूचीमा स्थान बनाएका फेडेररले स्कुल छाडेर नै टेनिसलाई पहिलो प्राथमिकतामा राखेका थिए । 

बुबाद्वारा दुई वर्ष समय
सन् १९९२–८३ मा जुरिचमा आयोजना भएको स्विस इन्डोर प्रतियोगितामा फेडेरर एक बल ब्वाय थिए । केही महिना उनी बल ब्वायका रूपमा टेनिस कोर्टमा रमाए । सन् १९९६ मा उनले पहिलोपटक जुनियर लेभलको प्रतियोगिता खेले । त्यसवेला फेडेररको उमेर १४ वर्ष मात्र थियो । टेनिसमा भविष्य राम्रो देखेपछि फेडेररलाई विद्यालय जान खासै रुचि भएन । 

उनले तत्कालै बुबालाई स्कुल नजाने निर्णय सुनाए । बुबाले छोरा फेडेररले मन लागेको क्षेत्रमा भविष्य बनाउन दुई वर्षको समय दिए । दुई वर्षको अवधिमा फेडेररले टेनिसमा राम्रो गर्न नसक्दा पढाइलाई निरन्तरता दिनुपर्ने थियो । बुबा रोबर्टको दुई वर्ष टेनिस खेल्ने अनुमति पाएपछि फेडेररले स्कुल छाडे । 

दुई वर्षभित्रमै फेडेररको मिहिनेत निस्कियो । उनी एटिपी जुनियर वरीयताको शीर्ष स्थानमा पुगे । सन् १९९८ मा फेडेररले जुनियर खेलाडीका रूपमा विम्बल्डनमा सहभागिता जनाए । यसै वर्ष युएस ओपनको जुनियरतर्फको विधामा उनी फाइनल पुगे । 

सन् २००३ मा उनले अप्रत्याशित रूपमा विम्बल्डन ग्रान्डस्लाम जिते । विम्बल्डन ग्रान्डस्लामपछि उनको सफलता चुलियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । फेडेररले लगातार सन् २००३–०७ सम्म विम्बल्डन जिते । यसैगरी, युएस ओपन २००४–०८ सम्म हात पारे । दुई वर्षको प्रशिक्षणकालमा उनले प्रतिवर्ष ३० हजार स्विस खर्च गरे ।  

फेडेररले टेनिसलाई मुख्य करिअर बनाउनुअघि फुटबल, ब्याडमिन्टन तथा बास्केटबल पनि खेलेका थिए । उनले सानै उमेरमा ब्रसेल तथा स्विट्जरल्यान्डको राष्ट्रिय फुटबल टोलीको समेत प्रतिनिधित्व गरेका थिए ।