१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार १५:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिको बैठक सुरु, सात कानुन व्यवसायी उपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार १५:४०:००

महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। दुईपटकसम्म स्थगित भएर सुरु भएको बैठकमा सात कानुन व्यवसायीसँग साेधपुछ गरिनेछ। बैठकमा १० कानुन व्यवसायी उपस्थित भए पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानमा नाम नलिएका तीनजनालाई बैठकमा बस्न दिइएन।

बैठकमा पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनाल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा र हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वमहासचिव लीलामणि पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल उपस्थित भएका थिए।

तर, जबराले नाम नलिएका बार अध्यक्ष घिमिरे, महासचिव खनाल र वरिष्ठ अधिवक्ता भण्डारीलाई समितिमा बस्न दिइएन। अहिले अन्य सातजनासँग साेधपुछ सुरु भएकाे छ।

पूर्वप्रधानन्यायाधीशहरू उपस्थित नहुने भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएको थियो। बैठकमा पूर्वप्रधानन्यायाधीशहरू पनि अनुपस्थित हुने भएपछि समितिको बैठक पुनः स्थगित भएको थियो।