मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Wednesday, 17 September, 2025
२o७९ भदौ २७ सोमबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङ ३ मा माओवादीबाट वली र मास्के सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १७:३७:oo

माओवादी केन्द्रले दाङ क्षेत्र नं. ३ बाट कुवेर वली र धनबहादुर मास्के ‘राजेश’को नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्र नं. ३ कमिटीको बैठकले पार्टीका निर्वाचन विभाग प्रमुख वली र पोलिटब्युरो सदस्य मास्केलाई सिफारिस गरेको नेता सेसुराम भण्डारीले जानकारी दिए। 

वली दाङका कम्युनिस्ट आन्दोलनका संस्थापक नेता हुन् भने मास्के जनयुद्धका डिभिजन कमान्डर हुन्। शान्ति प्रक्रियापछि गुमनाम रहेका मास्के पछिल्लो समय राजनीतिमा सक्रिय बनेका छन्।

यसअघि आइतबार पार्टीको क्षेत्र नंं. २ कमिटीको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्युरो सदस्य निर्मल आचार्यलाई सिफारिस गरेको थियो। क्षेत्र नं.१ बाट भने अझै पनि उम्मेदवार सिफारिस हुन सकेको छैन।