१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २४ शुक्रबार ०७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफूमाथि लागेको आरोप आधारहीन भएको लामिछानेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २४ शुक्रबार ०७:४४:००

नाबालिग जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दाेष भएको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेकोमा विश्वस्त रहेको जानकारी दिएका छन् । 

नेपालको कानुन सम्माननीय रहेको र कानुनले आफूलाई निर्दाेष साबित गर्ने उनको जिकिर छ । आफूमाथि लागेको आरोप आधारहीन भएको र ती आरोपको सामना गर्न आफू तयार रहेको  उनले जनाएका छन् ।