Skip This
जनार्दनलाई हुर्काउन मेरो भूमिका छ -प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनार्दनलाई हुर्काउन मेरो भूमिका छ -प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:१८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री माओवादीका उपमहासचिव जनार्दन शर्माको रक्षा गर्न र हुर्काउन आफ्नो भूमिका रहेको उल्लेख गरेका छन् । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शर्मालाई आफूले रक्षा र विकास गरेको दाबी गरे । 

साथै उनले  पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने आफ्नो सपना रहेको पनि बताए । पार्टीमा राम्रो उत्तराधिकारीहरू तयार होऊन् भन्ने आफ्नो सपना रहेको बताउँदै उनले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको उल्लेख गरे । उनले पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले सडक, सदन र सरकारका तीनवटा नै मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताए । उनले सडकको हिरो युवा र विद्यार्थी भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताए । 

कार्यक्रममा शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष प्रचण्डप्रति असन्तुष्टि व्यक्त गरेका थिए। संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्षले पुलपुल्याएको भन्ने उनको भनाइ थियो । उनले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताए । 

 

ad
ad