१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:४४:oo

भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई अन्तरिम जमानतमा रिहा गर्न त्यहाँकाे सर्वोच्च अदालतले आदेश दिएको छ। 

उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बिबिसी हिन्दीले जनाएको छ।अदालतले केजरिवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ। 

सन् २०२२ को अगस्टमा दर्ता भएको मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (इडी) ले मुख्यमन्त्री केजरिवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो। 

अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरिवालकाे पक्राउबारे प्रश्न उठाएकाे छ। लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरिवाललाई पक्राउ गरिनु राजनीतिक  षड्यन्त्र भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन्।

लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ भने यही मे १३ तारिखदेखि १ जुनसम्म  बाँकी चरणकाे मतदान सुरु हुनेछ।

ad
ad