१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसलाई ओलीको प्रश्न- एकातिर प्रधानमन्त्री खाइदिनुस् भन्ने, अर्कोतिर समिति माग्ने ?  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:२१:oo

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री बाँड्दै हिँडेको आरोप लगाएका छन्।

शुक्रबार अपराह्न बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री बनिदेऊ भनेर सबैतिर पुगेको आरोप लगाएका हुन्। 

उनले भने, ‘आज कांग्रेसले के गर्छ हेर्नुपर्छ। अघिल्लो अधिवेशनमा एकदमै रन्थनियो। राष्ट्रिय पार्टी मुस्किलले पुगेका, नपुगेकालाई प्रधानमन्त्री बनिदेऊ भनेर सबैतिर पुगेको छ। हामी क्षणिक स्वार्थका लागि प्रधानमन्त्री बाँड्दै हिँड्दैनौँ। आफ्नो पक्षमा लागेन भने अनावश्यक ढंगले अनुचित कुरा उठाउँछ।’

उनले केही नहुँदा संसदीय समिति माग्ने कांग्रेसले, समिति बनेपछि छानबिन प्रभावित गर्छ भनेर राजीनामा माग्दैन भन्ने के ग्यारेन्टी छ भन्दै प्रश्न गरे। 

उनले भने, ‘एकातिर यो गठबन्धनमा आउनुस्, डेढ वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्ने, अर्कोतिर फाइल बोकेर आउने, समिति माग्ने ? राजनीतिमा यस्तो छुद्र खेल हुनुहुँदैन । कसैलाई राजनीतिक धक्का पर्‍याे भन्दै प्रतिशोध साध्ने ? कांग्रेसले यस्तो राजनीति गर्नुहुँदैन।’  

अध्यक्ष ओलीले अस्थिरता ल्याउने कोसिस लगातार भइरहेको बताए। अस्थिरता निस्तेज पार्न एउटा पार्टी नै विभाजन भएको उल्लेख गर्दै उनले भने, ‘१० सिटको प्रमुख व्यक्ति प्रधानमन्त्री बन्न खुट्टो उचालेका थिए । कांग्रेसले प्रधानमन्त्री बनाए पनि एमालेलाई कुनै फरक पर्दैन। अस्थिरता ल्याउने कोसिस लगातार भइरहेको छ। अस्थिरता निस्तेज पार्न एउटा पार्टी नै विभाजन भयो।’  

बैठकमा उनले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ र राष्ट्रिय सभा सदस्य अन्जान शाक्यलाई मर्यादित ढंगले सभ्य भाषामा बोल्न र नकारात्मक टिप्पणी नगर्न आग्रह गरे। 

ad
ad