१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुखमा बाँधेर आगो लगाई हत्या गरेको अवस्थामा शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:११:oo

काभ्रेको पाँचखाल नगरपालिकास्थित बिराजे खोल्छा जंगलमा रुखमा बाँधेर आगो लगाएर  हत्या गरेको अवस्थामा शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार  पाँचखाल नगरपालिका– ४ जिरोकिलोस्थित मेलम्ची जिरोकिलो सडकखण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलमा नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ को जस्तो देखिने पुरुषको मुख र छातीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको हो ।

स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । अहिले घटनास्थललाई  सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।  शव १५–२० दिनको जस्तो सडेगलेको अवस्थामा रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

ad
ad