Skip This
वाइफाईको पासवर्ड सुरक्षित राख्न...
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Saturday, 27 July, 2024
२o७९ भदौ २० सोमबार o८:३७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

वाइफाईको पासवर्ड सुरक्षित राख्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार o८:३७:oo

पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुहोस् । जसमा अंक, अक्षर, सिम्बोल आदि मिलाउनुहोस् । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन । 

राउटरको डिफल्ट सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र आफ्नै नाम राखिदिएको हुन्छ । यसो गर्दा अनधिकृत प्रयोगकर्ताले सजिलै पासवर्ड पत्ता लगाउन सक्छन् ।

एसएसआइडी प्रसारण बन्द गर्नुहोस् । यसले तपाईंको नेटवर्क एरियामा भएका अन्य डिभाइसलाई सूचना दिने गर्छ । 

 एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुहोस् । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।

 राउटरमा भएको फायरवाल इनेबल गर्नुहोस् । जुन प्रायः डिसेबल हुन्छ । त्यस्तै, हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रूपमा इनेबल गर्न सकिन्छ । यसले तपाईंको नेटवर्क पूर्ण रूपमा सुरक्षित हुन्छ ।