१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १६ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १६ बिहीबार १७:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करीमा सहयोग गरेको अभियोग लागेकी भन्सारकी कर्मचारीलाई सफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १६ बिहीबार १७:३१:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको अभियोग लागेकी भन्सारकी कर्मचारी डोमा शेर्पालाई विशेष अदालतले सफाइ दिएको छ। कार्यालय सहयोगी शेर्पाविरुद्ध २१ फागुन २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटमा मद्दत गरेको भन्दै मुद्दा दायर गरेको थियो। 

८ वैशाख २०७६ मा थाइल्यान्डबाट आएका दुई विदेशी नागरिकले ल्याएको सुन उनले सांकेतिक संवाद गरी फाल्न लगाएकी थिइन्। भन्सारका उपसचिव कर्ण तिमल्सिनाको कार्यकक्षको सोफापछाडि फालेको अवस्थामा प्रहरीले एक हजार ६ सय ८५ ग्राम सुन बरामद भएको थियो।

सिसिटिभी क्यामेरामा उनले सुन फाल्न लगाएर तस्करीका लागि सहयोग गरेको पुष्टि भएको भन्दै आयोगले मुद्दा दायर गरेको थियो। विशेषका न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बाँस्कोटा र खुसीप्रसाद थारू नेतृत्वको इजलासले शेर्पालाई बिहीबार सफाइको फैसला गरेको हो।