१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १४ मंगलबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १४ मंगलबार १०:५८:००

त्रिविजस्तो प्राज्ञिक संस्थामा पटक–पटक तालाबन्दी किन हुन्छ ?
त्रिविमा अध्ययनरत नेविसंघका साथीहरूले गरेको अहिलेको तालाबन्दी त्रिविको गरिमा जोगाउन र त्यहाँ हुँदै आएका अव्यवस्था अन्त्य गर्न गरिएको हो । त्रिविका पदाधिकारी मूल मुद्दाबाट भाग्दै आएकाले अहिलेको अवस्था आएको हो । 

यस्तो विद्यार्थीविरोधी तालाबन्दी गर्न विद्यार्थी संगठन किन प्रतिस्पर्धा गर्छन् ?
अहिलेको तालाबन्दीले त्रिविको पठनपाठन, प्राज्ञिक क्रियाकलाप र परीक्षामा कुनै अवरोध भएको छैन । तालाबन्दी हाम्रो रहर होइन, बाध्यता हो । त्रिविमा अर्थशास्त्र विषयको प्रश्नपत्र दुईपटक र व्यवस्थापन संकायको प्रश्नपत्र तीनपटक हुबहु दोहोरिएका छन् । यस्तो बेथिति अन्त्य हुनुप¥यो भन्दा विद्यार्थीको आवाज प्रशासनले नसुनेपछि तालाबन्दीमा उत्रिनुपरेको हो । 

यस्तो तालाबन्दीको समाधान के हुन सक्छ ?
त्रिवि प्रशासन समस्याको दीर्घकालीन समाधान खोज्न साँच्चै तयार छ भने त्यसमा सघाउन हामी पहिलो नम्बरमा हस्ताक्षर गर्न तयार छौँ । तर, त्यसका लागि डा. घनश्याम भट्टराई नेतृत्वको छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ । व्यवस्थापन संकायको विषयमा छानबिन गर्न बाहिरका विशेषज्ञको नेतृत्वमा समिति बनाउनुपर्छ ।