मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १४ मंगलबार ०७:१९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड संक्रमणदर ५.६३ प्रतिशतमा सीमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १४ मंगलबार ०७:१९:००

घट्यो कोभिड संक्रमणदर 

एक सातायता कोभिड संक्रमणदर निरन्तर घटेको छ । देशभरको दैनिक नमुना परीक्षणअनुसार संक्रमणदर ओरालो लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार संक्रमणदर घटेर ५.६३ प्रतिशत पुगेको छ । सोमबार दुई सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार चार हजार ११ जनाको परीक्षण गरिएको थियो । जसमध्ये एक हजार पाँच सय २५ जनाको पिसिआर परीक्षण गर्दा एक सय ४५ जना र दुई हजार चार सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई सय २३ जना संक्रमणमुक्त भएका छन् ।

एक सातायता संक्रमणमुक्त हुनेको संख्यासमेत बढ्दै गएको छ भने अस्पतालमा गम्भीर बिरामीको संख्यासमेत न्यून छ । हाल अस्पतालमा एक सय ४९ उपचाररत छन् । जसमध्ये ४४ जना आइसियू र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् । 

साउनको दोस्रो साता १७ प्रतिशतसम्म पुगेको दैनिक संक्रमणदर यो साता घट्दै गएको छ । मन्त्रालयको विवरणअनुसार गत मंगलबार १२.८१ प्रतिशत रहेको संक्रमणदर बुधबार  ११.६६ प्रतिशत र बिहीबार ८.९६ प्रतिशत पुगेको थियो । शुक्रबार ९.२२ प्रतिशत, शनीबार ६.०९ प्रतिशत र आइतबारसम्म आइपुग्दा ५.२७ प्रतिशतमा झरेको हो । 

हाल डेंगु र मौसमी फ्लुका कारण कोभिड संक्रमण ओझेलमा परेको चिकित्सकले बताएका छन् । अस्पतालहरूमा समेत कोभिडका बिरामीको तुलनामा डेंगु र मौसमी फ्लुका बिरामीको चाप बढ्न थालेको छ । योसँगै कोभिड संक्रमणदर पुनः शून्यमा झर्ने अनुमान गरिएको छ ।