१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २३:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्जिनियर नै लागुऔषध कारोबारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २३:२१:oo

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुव लिम्बूलाई अवैध लागुऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजपामसहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनी सिभिल इन्जिनियर हुन् । लागुऔषधको दुव्र्यसनीमा फसेपछि उनी कारोबारमा संलग्न भएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए । ‘लागुऔषधको कारोबारमा एकजना सिभिल इन्जिनियर पक्राउ परेका छन् । उनी आफैँ पनि दुव्र्यसनी रहेको र लागुऔषधको कारोबार पनि गर्ने रहेछन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

काठमाडौंको कालोपुल बस्ने उनले मोबाइल मर्मतको काम गर्दैै आएका छन् । उनले भारतको कर्नाटकस्थित एसजिएम इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजबाट इन्जिनियर पास गरेका थिए । उनले दुई वर्ष जावलाखेलस्थित चाइना इन्टरनेसनल वाटर रिसोर्स एन्ड हाइड्रोपावर नामक कम्पनीमा जागिर खाएका थिए । वेब डिजाइनरसमेत रहेका उनले जावलाखेलस्थित सेन्ट जेभियर कलेजका लागि वेब डिजाइनको सेलेबल्ससमेत बनाइदिएका थिए । उनले धरानमा विभिन्न कजेलमा केही वर्ष सिभिल इन्जिनियरिङ विषयमा अध्यापन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार लिम्बूले पर्सा बिन्दवासिनीका ४० वर्षीय जमुना साह तेलीबाट लागुऔषध खरिद गर्दै आएका थिए । जमुनाले मोटरसाइकलको पेट्रोल हाल्ने ट्यांकीमा फल्स बटम बनाई भारतको रक्सौलबाट लागुऔषध नेपाल भित्र्याउँथे । प्रहरीका अनुसार एकपटक काठमाडौंमा लागुऔषध पु¥याइदिएबापत उनले ५० हजार रुपैयाँ लिन्थे । 

जमुनाबाट खरिद गरेको लागुऔषध भने लिम्बूले ललितपुर महानगरपालिका– १८ सैबुका ३८ वर्षीय नवीन श्रेष्ठलाई दिन्थे । नवीनले बजारमा लगेर लागुऔषध बिक्री गर्थे । प्रहरीले उनलाई गत बिहीबार झम्सिखेलबाट पक्राउ गरेको थियो । उनकै बयानका आधारमा इन्जिनियर लिम्बू र जमुना कारोबारमा संलग्न रहेको खुलेको थियो । 

पक्राउ परेकामध्ये नवीन आठ वर्षीय बालक धीरज अधिकारीको अपहरणपछि हत्यामा संलग्न भएको अभियोगमा आठ वर्ष चार महिना जेल सजाय भुक्तानपछि छुटेका अभियुक्त हुन् । धीरजको १७ असोज ०६४ मा अपहरणपछि हत्या भएको थियो । उनको शव बागमती नदीमा टुक्रा–टुक्रा पारी बोरामा पोको पारिएको अवस्थामा फेला परेको थियो । 
‘धु्रवको चेनमा बसेर कारोबार गर्ने नवीन पहिला पनि जेलजीवन भुक्तान गरेर छुटेका अभियुक्त हुन् । उनी एक आठ वर्षीय बालकको अपहरण र हत्या घटनामा संलग्न थिए । सोही अभियोगमा उनले आठ वर्ष जेल सजायसमेत भुक्तान गरेका थिए । जेलबाट छुटेपछि उनी यो धन्दामा लागेको देखिन्छ,’ एसएसपी खनालले भने ।
 
 

ad
ad