१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

प्लाटिनम क्लबमा आर्थर गनको सांगीतिक प्रस्तुति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o१:oo

गायक दिवेश पोखरेल (आर्थर गन)ले आफ्नो टुबोर्ग ‘होम कमिङ टुर’ शनिबार साँझदेखि प्लाटिनममा सुरुवात गरेका छन् । उनले कार्यक्रममा ‘के पीर प¥यो तिमीलाई ?’ बोल गीत गाएका थिए । ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता गीत उनले गाउँदा दर्शकहरू झुमेका थिए । क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकको माया र समर्थन पाएपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडजस्ता विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने भएका हुन् । 

सन् २०२० मा अमेरिकी गायन रियालिटी सो अमेरिकन आइडलको १८औँ सिजन सहभागी भएपछि उनको लोकप्रियता बढेको हो । उनले आफ्नो प्रस्तुतिका कारण अमेरिकन आइडलका  निर्णायकहरूको प्रशंसा पनि पाएका थिए । साथै, विश्वप्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘हि इज द बेस्ट’ भन्दै प्रशंसा गरेकी थिइन् । उनी उक्त सोमा उपविजेता बनेका थिए । उनको फरक प्रस्तुति र स्वरलाई अन्तर्राष्ट्रिय गायक तथा कलाकारहरूले प्रशंसासमेत गरेका थिए । 

 टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि समर्थन गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै टुबोर्ग टुरको शीर्ष प्रायोजक बनेको हो । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक आशिष विष्टका अनुसार टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहँदै आएको छ । उनी भन्छन्, ‘टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौँ । उहाँले आफ्नो गीत–संगीतमार्फत नेपाली संगीतप्रेमीहरूलाई गौरवान्वित बनाउनुभएको छ ।’

उनको यो सांगीतिक प्रस्तुतिले नेपाली गीत–संगीतलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विष्टले बताए । नेपालमा यस्ता खालका सांगीतिक प्रस्तुतिहरू आवश्यक रहेको उनको भनाइ छ । ‘टुबोर्गले आगामी दिनमा पनि यस्ता प्रस्तुतिलाई निरन्तरता दिन्छ,’ उनले भने । 
 

ad
ad