१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १९:२७:oo

चीनको उत्तरपश्चिमी प्रान्त छिङहाईमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको संख्या बेलुका ४ बजेसम्म २६ पुगेको  बताइएको  छ। साथै अन्य पाँचजना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

राति १०-२५ बजेबाट सुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा  प्रत्यक्ष प्रभावित भएका छन्। 
मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई  बाढी गाउँ परवेश गरेको थियो।

यसअघि बेपत्ता भएका २३ जनाको  पनि उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालू भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन्।

ad
ad