१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाली कांग्रेसले चुनावलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१२:oo

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। शनिबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही भाद्र १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सो अभियान सुरु गर्ने जानकारी गराइएको हो। 

जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरूबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी सो अभियान सञ्चालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार सो अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिहरू सबै जिल्लामा सहभागी हुनेछन्। 
प्रवक्ता महतले भने, ‘अहिले ‘जनताको साथमा कांग्रेस’ अभियान आउँदो भाद्र १० गतेदेखि सञ्चालन हुन्छ। त्यसपछि दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने कार्यक्रम हुन्छ र त्यसपछि निर्णायक उम्मेदवारहरू चयन भएपछि १६५ वटै संघको निर्वाचन क्षेत्र र ३३० वटा प्रदेशको निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार अभियानको कार्यक्रम हुन्छ।

ad
ad