मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०९:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड संक्रमणको दर स्थिर, थप पाँच सय ४२ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०९:१८:००

पछिल्लो दुई सातायता नेपालमा दैनिक कोभिड संक्रमणको दर स्थिर देखिएको छ । बिहीबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमण दर १०.९९ प्रतिशत देखिएको छ । संक्रमण दर बढेर १७ प्रतिशतसम्म पुगेको थियो । तर, हाल केही संख्यामा संक्रमण दर थपघट भइरहेको छ । हाल संक्रिय संक्रमितमध्ये ३.७६ प्रतिशत बिरामी मात्रै अस्पतालमा भर्ना छन् । 

बिहीबार थप पाँच सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर चार हजार नौ सय ३० जनाको परीक्षण गर्दा सो संख्यामा थप संक्रमित भएका हुन् । जसमध्ये दुई हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा दुई सय २४ र दुई हजार आठ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय १८ जनामा संक्रमण देखिएको हो । यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार दुई सय ६५ पुगेको छ । यस अवधिमा चार सय २१ जना संक्रमणमुक्त भएका छन् । 

भारतमा पछिल्लो २४ घन्टामा १२ हजार ६ सय आठजनामा नयाँ केस देखिएको छ । ७२ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार अद्यावधिक गरेको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार तीन सय ४३ मा पुगेको छ ।

बिहीबार मृत्यु भएकामध्ये सबैभन्दा धेरै अर्थात् २९ जना केरलाका रहेका छन् । महामारी सुरु भएयता मृत्यु हुनेको संख्या पाँच लाख २७ हजार दुई सय ६ पुगेको छ । यसबाहेक विश्वभर हाल ओमिक्रोनको नयाँ भेरियन्ट फैलिइरहे पनि दैनिक संक्रमण दर भने पछिल्ला तीन सातायता स्थिर रहेको पाइएको छ । यो साताको औसत दैनिक संक्रमित संख्या आठ लाख २४ हजार दुई सय ६८ छ ।