मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २ बिहीबार १८:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिले उठाएका केही विषय महत्वपूर्ण छन् : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २ बिहीबार १८:४५:००

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे उठाएका विषय महत्वपूर्ण भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले नागरिकता विधेयकमा लैंगिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताए । 

सांसद थापाले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको भन्दै अहिलेको विधेयकले कतिपय आवश्यकतालाई नछुने पनि बताए । उनले विधेयक पास नगर्दा नेपाली नागरिकहरू नै अधिकारबाट वञ्चित रहने पनि बताए । सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताए । वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको उनको धारणा थियो । वैवाहिक अंगीकृतका सम्बन्धमा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने उनले बताए । 

‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ हामी सबै सचेत रहने कुरालाई गम्भीरताका साथ उठाउनुभएको छ । केही कुराहरूका लागि भने संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । वैवाहिक अंगीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठीक हो । हामीले आज यो विधेयक पारित गरेनौँ भने वैवाहिक अंगीकृतको सम्बन्धमा ७, ८, ९ वर्ष जे भन्छौँ त्यो व्यवस्था लागू हुन्छ भन्ने लाग्छ । तर, त्यो सत्य होइन भन्ने हामी सबैलाई थाहा छ,’ थापाले भने, ‘यो विधेयक पारित गरेनौँ भने पनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त एउटा व्यवस्था छ । वैवाहिक अंगीकृतका सम्बन्धमा बितेको ४० वर्षदेखि एउटै व्यवस्था छ । आज यो विधेयक रोक्दा नेपाली नागरिकबाट जन्मिएकाले नागरिकता पाउँदैनन् । तर, वैवाहिक अंगीकृतका सम्बन्धमा हामीले रोके पनि पाउँछौँ । त्यो प्रावधान त छ । वर्ष राखौँ तर राख्दै गर्दा लैंगिक समानता हुनुपर्छ । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको छ, भोलि संशोधन गर्दै जाने हो ।’