मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०८:५४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बाइडेन चढ्ने कारकाे मूल्य झन्डै १.५ मिलियन अमेरिकी डलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०८:५४:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले सरकारी ‘द बिस्ट’ कार चढ्छन् ।  यो कार डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा बनाउन लगाएका थिए  । विश्वका सुरक्षित कारमध्ये यो एक हो  । यसका धेरै विशेषता छन् ।

कारको झ्यालमा पाँच लेयरका बुलेटप्रुफ ग्लाससहित पोलिकार्बोनेट छ । यो गाडीमा उच्चस्तरीय सैन्य ग्रेड टायरहरू जडान गरिएको छ । यद्यपि, टायर पन्चर भएको अवस्थामा समेत कार तीव्र गतिमै कुद्न सक्छ । ढोकाहरू विस्फोटको प्रतिरोध गर्न सक्ने गरी बनाइएका छन् । राष्ट्रपति सिटमा सेटेलाइट फोन पनि जडान गरिएको छ, जहाँबाट राष्ट्रपतिले सीधै उपराष्ट्रपति र रक्षा मन्त्रालयमा फोन गर्न सक्छन् ।

जिपिएस सिस्टम, ट्रयाकिङ सिस्टम र कम्युनिकेसन सेन्टर पनि कारमा छ । त्यसैगरी, गोप्य क्यामेरा र नाइट–भिजन पनि जडान गरिएको छ । साढे पाँच मिटर लामो यो गाडीमा अक्सिजन ट्यांक र ब्लड सप्लाई गर्ने उपकरण जडान गरिएको छ  ।

सुरक्षाका कारण राष्ट्रपति आफैँले यो कार भने कुदाउन पाउँदैनन् । अमेरिकी गुप्तचर निकायबाट उच्च तालिमप्राप्त ड्राइभरले नै राष्ट्रपतिको कार कुदाउँछन् । ड्राइभरसँग प्रतिरोध गर्न सक्ने, भाग्न सक्ने र १ सय ८० डिग्रीको ‘जे टर्न’ समेत लिन सक्ने खुबी हुनुपर्छ । यो कारको मूल्य झन्डै १.५ मिलियन अमेरिकी डलर पर्न सक्ने अनुमान छ ।