मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ भदौ १ बुधबार १८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङको घनपोखरामा जिप दुर्घटना, १० जना घाइते

Read Time : < 1 मिनेट
२०७९ भदौ १ बुधबार १८:५७:००

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो । 

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था रहेको प्रहरीले जनाएको छ ।  घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए । घाइतेलाई चारवटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल ल्याइएकाे लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार घाइते सबै स्थानीय रहे पनि नामथर खुल्न सकेको छैन ।