१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड संक्रमणदर १५ प्रतिशत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १०:३३:००

नमुना परीक्षण बढाएसँगै नेपालमा दैनिक कोरोना संक्रमणदर पनि बढेको छ । पछिल्लो केही दिनको तुलनामा सोमबार पुनः संक्रमणदर उकालो लागेको हो । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा संक्रमणदर बढेर १५.४८ प्रतिशत पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार संक्रमणदर ९.४२ प्रतिशत र शनिबार ८.३१ प्रतिशत थियो । साउनको सुरुदेखि नै उकालो लागेको संक्रमण सबैभन्दा धेरै १७ प्रतिशत पुगेको छ । दैनिक गरिएको नमुना परीक्षणका आधारमा दैनिक संक्रमणदर थपघट भए पनि कोभिड संक्रमण पछिल्लो लहरको तुलनामा जोखिमयुक्त नदेखिएको चिकित्सकहरूले बताएका छन् । 

पछिल्लो २४ घन्टामा आठ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । देशभर गरिएको तीन हजार एक सय ५५ पिसिआर र दुई हजार पाँच सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सोमबार चार सय ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर निको हुनेको संख्या नौ लाख ७६ हजार ८३ पुगेको छ । यस अवधिमा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।