१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका अफगानिस्तान
२०७९ श्रावण ३० सोमबार २०:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु, २० घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अफगानिस्तान
२०७९ श्रावण ३० सोमबार २०:१३:००

अफगानिस्तानको परवान प्रान्तको सिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

योसँगै सयौँ घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख सम्स रहमान सादेक्कीले सयौँ घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्‍याएको छ ।

अफगानिस्तानको लोगार, बार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्। देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो संख्यामा गाउँ-बस्तीहरू प्रभावित गरेको खामा प्रेसले उल्लेख गरेको छ।