Skip This
मास्कको प्रयोग ओमिक्रोनविरुद्ध उपयोगी भएको अध्ययनको दाबी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ श्रावण २७ शुक्रबार २o:४७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मास्कको प्रयोग ओमिक्रोनविरुद्ध उपयोगी भएको अध्ययनको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार २o:४७:oo

अस्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरूको समूह ‘बर्नेट इन्स्टिच्युट’ले कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । अस्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।   

प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ संक्रमितको संक्रमित २० प्रतिशत र मृतकको संख्या १४ प्रतिशतले घटेको देखिएको छ ।उनीहरूले फरक-फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जुनसुकै प्रकारको मास्क लगाए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । यस अध्ययनबाट कुल संक्रमित र अस्पताल भर्ना भएकाहरूको संख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ । रासस