निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
मारिया रायन
२०७९ श्रावण २७ शुक्रबार ११:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ताइवानमा अमेरिकी ‘सेमिकन्डक्टर’ स्वार्थ

Read Time : > 2 मिनेट
मारिया रायन
२०७९ श्रावण २७ शुक्रबार ११:२८:००

ताइवान भ्रमणका क्रममा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन (टिएसएमसी) का प्रमुख मार्क लुईसँग भेट गरेकी थिइन्, तर यो भेट चासोको विषय बनेन । पेलोसीको भ्रमण विश्वको सबैभन्दा ठूलो चिप उत्पादक एवं मुख्य आपूर्तिकर्ता टिएसएमसीलाई अमेरिकामा उत्पादन आधार स्थापना गर्न र चिनियाँ कम्पनीका लागि अत्याधुनिक चिप उत्पादन बन्द गर्न अमेरिकाले आग्रह गरिरहेका वेला भएको हो ।

विगतमा ताइवानलाई अमेरिकाको समर्थन बेइजिङमा कम्युनिस्ट नेतृत्वप्रति वासिंगटनको शत्रुता र ताइवानले चीनमा विलय हुनबाट गरेको अवज्ञामा आधारित थियो । यद्यपि, अमेरिकाले हालका दिनमा ताइवानको स्वतन्त्रतामा धेरै चासो देखाउनुको कारण सेमिकन्डक्टर उत्पादन उद्योगमा टापुको प्रभुत्व पनि हो ।हाम्रो दैनिक जीवनमा काम लाग्ने इन्टरनेट नेटवर्कमा जोडिएका सबै ग्याजेट र उपकरण सेमिकन्डक्टरमा निर्भर हुन्छन्, जसलाई सामान्यतया कम्प्युटर चिप वा चिप भनिन्छ । यी चिपका अत्याधुनिक सैन्य प्रयोजन पनि छन् । रूपान्तरणकारी एवं अत्यधिक तीव्र गतिको फाइभजी इन्टरनेटले इन्टरनेटमा कुनै न कुनै किसिमले जोडिएका उपकरण अर्थात् ‘इन्टरनेट अफ थिंग्स’ र नयाँ पुस्ताका हतियारलाई बलियो बनाइरहेको छ । यस सन्दर्भमा अमेरिकी नीति–निर्माताले इन्टेलजस्ता अमेरिकी सेमिकन्डक्टर डिजाइन व्यवसाय ट्रम्पले शासन गरिरहेका वेला कच्चा पदार्थका लागि एसिया आधारित आपूर्ति शृंखलामा निर्भर छन् भन्ने जानकारी पाएका थिए ।

विशेषतः ओपेकमा साउदी अरेबियाको हैसियत र सेमिकन्डक्टर उत्पादन उद्योगमा ताइवानको स्थिति समान छ । ग्लोबल फाउन्ड्री मार्केटले अन्य मुलुकमा डिजाइन गरिएका चिप्स बनाउने कारखानामा टिएसएमसीले बजारको ५३ प्रतिशत हिस्सा ओगट्छ । टिएसएमसीबाहेक चिप डिजाइन बजारमा थप १० प्रतिशत हिस्सा अन्य ताइवानी चिप उत्पादकले ओगटेका छन् ।

नतिजा बाइडेन प्रशासनको सय दिनको आपूर्ति शृंखला समीक्षा प्रतिवेदनअनुसार अमेरिका मुख्य रूपमा एकल कम्पनी टिएसएमसी र यसको अत्याधुनिक चिप्स निर्माणमा अत्यधिक निर्भर छ । टिएसएमसी र स्यामसुङ (दक्षिण कोरिया) ले मात्रै अत्याधुनिक सेमिकन्डक्टर (पाँच नेनोमिटरको आकार भएको) उत्पादन गर्ने भएकाले प्रतिवेदनले ‘वर्तमान र भविष्यमा (अमेरिकी) राष्ट्रिय सुरक्षा र महत्वपूर्ण पूर्वाधार आवश्यकता पूरा गर्ने क्षमतालाई खतरामा पार्न सक्छ’ भन्ने उल्लेख गरेको छ । 

अमेरिकाले मुख्य भूमि चीन (मेनल्यान्ड चाइना) र ताइवानका मानिसले ‘एक चीन’ मान्ने गरेका छन् भनेर स्विकारेको भए पनि अहिले उसका लागि टिएसएमसी बेइजिङ नियन्त्रित भूमिमा हुनेछ भनेर कल्पना गर्न पनि गाह्रो छ  
 

तसर्थ, अमेरिकाले ताइवानसँग एकजुट हुने चीनको दीर्घकालीन उद्देश्यलाई आफ्नो हितविपरीत देख्छ । सन् १९७१ को चीन–अमेरिका संयुक्त विज्ञप्ति अर्थात् सांघाई कम्युनिक र सन् १९७९ को ताइवान सम्बन्ध ऐनमा अमेरिकाले मुख्य भूमि भएको चीन (मेनल्यान्ड चाइना) र ताइवानका मानिसले ‘एक चीन’ मान्ने गरेका छन् भनेर स्विकारेको थियो, तर अहिले अमेरिकाका लागि टिएसएमसी बेइजिङ नियन्त्रित भूमि हुनेछ भनेर कल्पना गर्न पनि गाह्रो छ । स्थानीय चिप उत्पादन क्षमता वृद्धि गर्न अमेरिका आफ्नै मुलुकमा टिएसएमसीलाई उत्पादन केन्द्र खोल्न मनाइरहेको छ । टिएसएमसीले सन् २०२१ मा एरिजोनामा अमेरिकी कारखाना निर्माण गर्न बाइडेन सरकारको सहयोगमा जग्गा खरिद गरेको थियो । कारखानाको निर्माण सन् २०२४ भित्र पूरा भइसक्ने बताइएको छ । 

अमेरिकामा सेमिकन्डक्टर उत्पादनलाई प्रोत्साहन गर्न ५२ अर्ब अमेरिकी डलरको छुट दिने गरी चिप्स एन्ड साइन्स ऐनलाई हालै अमेरिकी कंग्रेसले पारित गरेको छ । यद्यपि, उत्पादकले चिनियाँ कम्पनीका लागि अत्याधुनिक चिप्स उत्पादनमा रोक लगाउन सहमत हुने सर्तमा मात्रै चिप्स ऐनअनुसार छुट पाउनेछन् ।अमेरिकामा उत्पादन लागत सरकारी अनुदान नहुँदा धेरै महँगो मानिन्छ, तसर्थ टिएसएमसी र अन्य कम्पनीले अमेरिका वा चीन, कहाँ कारखाना सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ । यो सब अमेरिका र चीनबीचको ठूलो ‘प्रविधि युद्ध’को एक हिस्सा हो, जहाँ अमेरिकाले चिनियाँ प्रविधिजन्य विकास रोक्न र चिनियाँ प्रविधिको विश्वव्यापी प्रभुत्व रोक्न खोजेको छ ।

ट्रम्पको प्रशासनले टिएसएमसीबाट विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अलग्याउन कठोर सर्त राखेको थियो । स्मरण रहोस्, हुवावे फाइभजी पूर्वाधार सञ्चालनका लागि आवश्यक उच्च प्रविधियुक्त सेमिकन्डक्टर उत्पादन गर्न टिएसएमसीमा निर्भर थियो ।विश्वमा फाइभजी नेटवर्क उपकरणहरूको शीर्ष आपूर्तिकर्ता भएको तथ्यका बाबजुद अमेरिकाले हुवावे चिनियाँ भएकै कारण सुरक्षा चिन्ताको दाबी गर्‍यो । यद्यपि, यो दाबीमाथि प्रश्न उठाइएका छन् । रिपब्लिकन र डेमोक्य्राट अन्य राष्ट्रलाई हुवावेको फाइभजी प्रविधि प्रयोग गर्नबाट रोक्न चाहन्छन् । यस अर्थमा प्रतिबन्ध अझै पनि देखिन्छ । सुरुवातताका बेलायती सरकारले मुलुकको फाइभजी नेटवर्कका केही क्षेत्रमा हुवावेको हार्डवेयर प्रयोग गर्ने निर्णय गरेको थियो । ट्रम्प प्रशासनले तेस्र्याएको सर्तले लन्डनलाई आफ्नो निर्णय परिवर्तन गर्न बाध्य तुल्यायो ।

‘उदीयमान र आधारभूत प्रविधि’का लागि चीन वा ताइवानका आपूर्ति शृंखलामा निर्भरता समाप्त गर्नु अमेरिकाको मुख्य उद्देश्य देखिन्छ, जसमा हालका फाइभजी प्रणालीका लागि आवश्यक उन्नत सेमिकन्डक्टरलाई मात्रै इंगित गर्छ तर भविष्यका अन्य उन्नत प्रविधि पनि समावेश हुन सक्छन् । पेलोसीको ताइवान भ्रमणलाई ‘प्रविधि युद्ध’को कोणमा मात्रै सीमित गर्न सकिँदैन यद्यपि एक ठूलो कम्पनीको वर्चस्वका कारण ताइवान टापुको नयाँ एवं गम्भीर भूराजनीतिक महत्व निर्माण हुनेछ । यो नयाँ भूराजनीतिक महत्वले ताइवान टापुका सन्दर्भमा अमेरिका र चीनबीच तनाव बढ्ने देखिन्छ । र, सेमिकन्डक्टरको आपूर्ति शृंखला ‘पुनः स्थापित’ गर्ने अमेरिकी प्रयास बढेकाबढ्यै छन् ।
द कन्भर्सेसनबाट