
नेपाल समाजवादी पार्टीले प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । आज काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
पाण्डेले बाबुराम भट्टराई प्रधामन्त्री रहेका वेला प्रेस सल्लाहकारको जिम्मेवारी निभाएका थिए । भट्टराई अहिले समाजवादी पार्टीको अध्यक्ष छन् । बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।