काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद बिन मोहम्मद बिन मुनिखरले आज गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र साउदी अरबबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।
भेटमा दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा समेत जोड दिइएको जनाइएको छ।