काठमाडौं/ सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको जानकारीविना प्रहरीले पत्रकारलाई छलफलका लागि लगेको बताएका छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ताले भने, ‘सरकारसँग अनुमति लिएर गरेको होइन। त्यसमा सरकारलाई, प्रधानमन्त्रीज्यूलाई केही पनि जानकारी थिएन।’
प्रहरीको आन्तरिक सूचना भन्दै भ्रामक विषय सार्वजनिक भएकाले सामान्य जाँचबुझका लागि प्रहरीले लगेको उनको तर्क छ। ‘उदाहरणका लागि प्रधानमन्त्रीले आइजिपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने खालको भ्रामक सूचना कहाँबाट आयो, तथ्य जाँच नै नगरी कसरी भयो भनेर प्रहरीले सल्लाह गर्नका लागि मात्र गरेको भन्ने कुरा छ,’ उनले भने।