१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०९:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी बोर्डले गर्‍यो एक खर्ब २२ अर्ब लगानी स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०९:१६:००

लगानी बोर्डले गत आर्थिक वर्ष ०७८/७९ मा एक खर्ब २२ अर्बबराबरको लगानी स्वीकृत गरेको छ । बोर्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पेस गरेको गत आवको कार्यसम्पादन प्रतिवेदनले यस्तो देखाएको हो । 

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवालाई प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गरेका थिए । ३२ साउन २०७८ मा सिइओ भट्टसँग सरकारले आव ०७८/७९ का लागि ४२ वटा क्रियाकलापमा समय सारिणीसहितको कार्यसम्पादन करार गरेको थियो । सोहीअनुसार बोर्डले प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन पेस गरेको हो । 

परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करारबमोजिम सम्पादन गरिएका कार्यको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदन तयार गरिएको छ । साथै, तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत कार्य सम्पन्न भएको बताइएको छ । 

बोर्डले गत आवमा व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको, लगानी बोर्डको परियोजना बैँकसम्बन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमनसम्बन्धी ड्यासबोर्ड समेत तयार गरेको छ ।

साथै, पश्चिम सेती तथा सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न भएको, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन कार्य सम्पन्न भएको र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिको तुलनात्मक विश्लेषणसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक पनि कार्यसम्पादन प्रतिवेदनमा उल्लेख छ ।