मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०७:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

काठमाडौंमा सक्रिय संक्रमितको संख्या झन्डै चार हजार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ०७:२१:००

पछिल्लो २४ घन्टामा नेपालमा आठ सय ६८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार पाँच सय सात नमुना परीक्षण गर्दा पिसिआरबाट चार सय ९६ र एन्टिजेनबाट तीन सय ७२ जनामा कोरोना पुष्टि भएको हो । चार सय १४ जना संक्रमणमुक्त भएका छन् ।

मृत्यु हुनेको संख्या तीन छ । काठमाडौं उपत्यकामा कोभिड संक्रमण अत्यधिक बढ्न थालेको छ । हाल सक्रिय रहेका पाँच हजार आठ सय ८५ संक्रमितमध्ये तीन हजार नौ सय ५६ जना संक्रमित उपत्यकामा मात्रै छन् । जुन कुल संक्रमितको ६७.२२ प्रतिशत हो । जसमध्ये काठमाडौंमा मात्रै तीन हजार नौजना सक्रिय संक्रमित छन् । काठमाडौंमा सक्रिय संक्रमित मात्रै नभई दैनिक संक्रमितको संख्यासमेत अत्यधिक छ । बुधबार मात्रै काठमाडौंमा दुई सय २९ जनामा संक्रमण देखिएको छ । 

संक्रमणसँगै अस्पताल भर्ना दर ३.६४ प्रतिशत पुगेको छ । हाल देशभर दुई सय १४ जना उपचाररत छन् । जसमध्ये ६४ जना आइसियू र सातजना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । कोभिड संक्रमण दिनानुदिन बढ्दै गए पनि हालसम्म दुई सयभन्दा बढी सक्रिय संक्रमित तीनवटा जिल्लामा मात्र रहेको मन्त्रालयको विवरणले देखाउँछ । हाल काठमाडौं, ललितपुर र मोरङमा मात्र दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् ।