Skip This
नेपाल एसबिआईले नेपालमा युनिफाइड पेमेन्ट इन्टरफेस विस्तार गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २५ बुधबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल एसबिआईले नेपालमा युनिफाइड पेमेन्ट इन्टरफेस विस्तार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार o६:o७:oo

नेपाल एसबिआई बैंक लिमिटेडले गेटवे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फस्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआई नेपाल)को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको  छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम तथा गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । बैंकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्डअनुरूपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

हाल बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २९ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।