१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावमा गठबन्धन गर्नु अराजनीतिक : एमाले महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:o७:oo

प्रमुख प्रतिपक्ष दल एमालेका महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारूढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्। आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरूले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै उनले यस्तो बताएका हुन्।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने गरेको उनले दाबी गरे। महासचिव पोखरेलले सत्तारूढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए।

‘अहिले पाँचदलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ? कहिलेकाहीँ जनताले दिएको म्यान्डेटमा कुनै दलविशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ। तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो। एकप्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो। यो कुराप्रति नेकपा एमाले सहमत छैन,’ उनले भने।

महासचिव पोखरेलले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन्। उनले भने, ‘नेकपा एमाले आफ्नो नीतिको आधारमा अघि बढछ। आफ्नो नीतिसँग सहमत हुनेहरूसँग चुनावी तालमेल गर्छ। आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन।’

ad
ad