मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २४ मंगलबार ०५:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

१७ प्रतिशत पुग्यो संक्रमणदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार ०५:५३:००

साउनको दोस्रो सातासम्म १० प्रतिशत रहेको दैनिक संक्रमण दर तेस्रो साताको सुरुमै १७ प्रतिशत पुगेको छ

नेपालमा कोभिड संक्रमणदर निरन्तर बढ्दै गएको छ । देशभर गरिएको नमुना परीक्षणका आधारमा आइतबारको तुलनामा सोमबार झन्डै दोब्बरको संख्यामा नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप नौ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार पाँच सय ५३ जनामा संक्रमण देखिएको थियो । योसँगै दैनिक संक्रमणदरसमेत बढेर १७ प्रतिशत पुगेको छ । साउनको दोस्रो सातासम्म १० प्रतिशत रहेको दैनिक संक्रमण दर तेस्रो साताको सुरुमै १७ प्रतिशत पुगेको हो । 

नेपालमा साउनको सुरुवातीदेखि नै कोभिड संक्रमणदर निरन्तर बढ्दै गएको छ । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ८६ पुगेको छ । अस्पताल भर्ना हुनेको संख्या एक सय ७७ छ । मन्त्रालयको विवरणअनुसार ४७ जना आइसियू र तीनजना भेन्टिलेटरमा उपचाररत छन् ।