१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
युद्धविराम घोषणापछि खुशीयाली मनाउँदै प्यालेस्टिनी नागरिक । तस्बिर : रोयटर्स
नयाँ पत्रिका जेरुसेलम
२०७९ श्रावण २३ सोमबार १३:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायल र गाजाबीच युद्धविराम गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जेरुसेलम
२०७९ श्रावण २३ सोमबार १३:१३:००

इजरायल र गाजास्थित विद्रोही लडाकु समूहबीच युद्धविराम गर्ने सहमति भएको छ। सोमबार मध्यरातदेखि लागू हुने गरी युद्धविरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन्।

लामो समयदेखि उनीहरूबीच युद्ध चलिरहेको भए पनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो। भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। ठूलो क्षति र चौतर्फी दबाबपछि युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन्।

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्। इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्धविरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुसी व्यक्त गरेका छन्। युद्धविरामको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन्।

इजरायलले गत सोमबार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो। इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ। रासस/सिन्ह्वा