मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २२ आइतबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २२ आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २२ आइतबार १६:o२:oo

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा महाभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।

सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको आगामी बैठक ०७९ साउन २४ गते मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।